काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक धरातल खस्किँदै गएको बताएका छन् ।
आगामी मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै दलहरूले राजनीतिलाई अवसरवादको अध्यारोमा लगेको आरोप लगाएका हुन् ।
राजनीतिक गतिविधि र नेताहरूप्रति लक्षित गर्दै उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्छन्,’चुनाव नजिकिँदै गर्दा नेपाली राजनीति पातालतिर धसिँदै जानु अति दुःखद् छ । एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो ! यो अवसरवादको अध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौँ !’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ असोज २०७९, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम भट्टराई आज भारत जाँदै, यस्तो छ उनको कार्यतालिका
रवि लामिछानेलाई सशर्त रिहाको आदेश स्वागतयोग्य : बाबुराम भट्टराई
बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै
यो सबै मिलेर आगो निभाउने र नयाँ घर बनाउने बेला हो: बाबुराम भट्टराई
बाबुराम, जनार्दन र डीपी अर्याल लगायतबिच छलफल
निर्वाचनमार्फत देशको नेतृत्व लिएर अघि बढ्ने तयारी गर्नु : जेनजीहरुलाई बाबुरामको सुझाव