काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक धरातल खस्किँदै गएको बताएका छन् ।
आगामी मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै दलहरूले राजनीतिलाई अवसरवादको अध्यारोमा लगेको आरोप लगाएका हुन् ।
राजनीतिक गतिविधि र नेताहरूप्रति लक्षित गर्दै उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्छन्,’चुनाव नजिकिँदै गर्दा नेपाली राजनीति पातालतिर धसिँदै जानु अति दुःखद् छ । एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो ! यो अवसरवादको अध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौँ !’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ असोज २०७९, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...