दाङ । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको कुमाख गाउँपालिका- ७ डुमकोटबाट शारदा नगरपाकिला- ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जीप आज बिहान कुमाख गाउँपालिका ७ चिसापानीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी कुमाख गाउँपालिका ७ डुमकोट बस्ने करिब ३९ वर्षीय मान बहादुर पुन र करिब १४ वर्षीया एनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उकालोमा ब्याक गर्ने क्रममा दुर्घटना हुँदा जीपप सडकबाट करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले प्रारम्भिक अनुमान गरेको छ ।
दुर्घटनामा परी घाइते भएकाहरुको उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याइदै गरेको र घाइते कति छन् भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ असोज २०७९, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते