जनकपुरधाम । धनुषाबाट प्रतिबन्धित ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले जिल्लाको बिदेह नगरपालिका-१ महिनाथपुरस्थित भारतबाट नेपालतर्फ आउँदै गरेका युवक युवतीलाई हेलमेटमा ब्राउन सुगर राखेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिरहाको कर्जना नगरपालिका-३ थाना चौक वस्ने २३ वर्षीय महादेव मण्डल र कर्जना-२ बन्दीपुर छगरिया वस्ने १९ वर्षीया अस्मिता खत्री रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको स६प ८०८६ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा चेकजाँत गर्दा मण्डलले लगाएको हेलमेटबाट १६.८५ ग्राम ब्राउन सुगर बरामद भएको हो । पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय खजुरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० असोज २०७९, १९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई भारतीय नागरिक पक्राउ
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
पटाकासहित एक जना पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
माइतीघरमा प्रदर्शन गर्न खोज्ने दुई जना पक्राउ