काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.स्वर्णिम वाग्लेले नेपालमा योजना बनाउँदा विषयविज्ञ समूहको पृष्ठपोषण गर्न जरुरी रहेको बताएका छन।
आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसमा उनले यस्तो बताएका हुन ।उनले मुलुकमा कुनैपनि परियोजनाको सम्झौता रद्द हुँदा मुलुकलाई नै हानी नोक्शानी हुनेमा पनि विषयविज्ञ समूहले पूर्ण जानकारी राख्नुपर्ने बताए । उनले श्रीलंकाले विषयविज्ञहरुलाई समेट्न नसक्दा नै आर्थिक संकट व्यहोरिरहेको बताए ।
पूर्व उपाध्यक्ष वाग्लेले श्रीलंकमा शासकहरुको सन्कीपनका कारण पनि मुलुक संकटमा फसेको बताए । उनले नेपालले पनि विषयविज्ञहरुलाई बेवास्ता गरेर गए मुलुकको विकास गर्न नसकिने स्पष्ट पारे।
उनले कुनैपनि निर्णय गर्दा वैकल्पिक उपाय सोच्न जरुरी रहेको भन्दै थिङ्क ट्याङ्कहरुले दिएका सुझाव र योजनाका बारेमा गहन छलफल हुन आवश्यक भएको बताए ।
पूर्व उपाध्यक्ष वाग्लेले थिङ्क ट्याङ्कहरुलाई सरकारको सहयोगमा विकास गर्न जरुरी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ असोज २०७९, २० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साइबर ब्युरोमा उजुरी दिँदै स्वर्णिम वाग्ले
नयाँ स्टक एक्सचेन्ज ‘नीतिगत कब्जा र नाङ्गो भ्रष्टाचारको खेल’ : स्वर्णिम वाग्ले
जीवी राईका मान्छे राष्ट्रपतिका सल्लाहकार छन्, सत्ताले बचाइरहेको छ : स्वर्णिम वाग्ले
लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको पुष्टि भयो- डा. स्वर्णिम वाग्ले
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने संगठित अपराधी अहिलेको मन्त्रिपरिषद्मा छन् : स्वर्णिम वाग्ले