काठमाडौं । दार्चुलाको अपी हिमाल गाउँपालिका–५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना सख्त घाइते भएका छन् ।
मृत्यु हुनेमा अपिहिमाल–६ का १८ वर्षीय दिनेशसिंह धामी छन् । उनको घटनास्थलमै मृत्यु भएको अपी हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठाकरेले जानकारी दिए ।
मार्मा गाउँपालिकाको लटिनाथबाट अपी हिमालको मकरीगाडतर्फ जाँदै गरेको म १ ज २३३ नम्बरको जीप दुर्घटनामा परेको हो । जीप सडकबाट झण्डै २०० मिटर तल खसेको र त्यसमा चालकसहित नौ जना सवार रहेका अपी हिमाल गाउँपालिका–५ का वडाध्यक्ष राजेन्द्रसिंह धामीले बताए ।
तीन जनाको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन् । घाइते पाँच जनाको लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ असोज २०७९, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन