सुर्खेत । रुकुम पूर्वमा बस दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका छन् । बिहीबार दिउँसो साढे २ बजेटको समयमा जिल्लाको भूमे गाउँपालिका-३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो ।
काठमाडाैंदेखि रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए । मृत्यु भएकाको परिचय खुल्न नसकेको डीएसपी डाँगीले बताए ।
१७ जना सवार रहेको बस क्याङ्सी बगरस्थित मध्यपहाडी राजमार्गदेखि अन्दाजी एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ असोज २०७९, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते
मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना
सङ्खुवासभामा बस दुर्घटना, १४ जना घाइते
पेरुको जुनिन क्षेत्रमा बस दुर्घटना: कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते
काभ्रेमा बस दुर्घटना, २३ जना घाइते
मेलम्चीमा बस दुर्घटना, ८ जना घाइते