धनगढी । कैलालीमा एक व्यक्तिले आफ्नो श्रीमतीको हत्या गरेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका–५ का ३४ वर्षिय शेरबहादुरले आफ्नी श्रीमती ३२ वर्षिया ललिताको हत्या गरि फरार भएका छन् । हत्या आरोपित ती व्यक्ति फरार छन् ।
उनीमाथि धारिलो हतियार प्रहार गरिएको देखिएको छ । ललिताको शव बिहीबार बिहान हत्या गरेको अवस्थामा घरमै भेटिएको हो । बुधबार (हिजो) राति उनको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
छोरी १७ वर्षीया लक्ष्मी र छोरा १२ वर्षीय विजयमाथि पनि धारिलो हतियार प्रहार गरिएको छ । छोरी लक्ष्मी गम्भीर घाइते छिन् । छोरा विजयलाई सामान्य चोट लागेको छ । उनीहरूको घाँटी र टाउकामा धारिलो हतियार प्रहार गरिएको देखिन्छ । उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शेरबहादुर रोजगारीका सिलसिलामा भारतमा थिए । उनी बुधबार मात्र घर फर्किएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ असोज २०७९, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या
भरतपुरको बुद्धचोकमा धारिलो हतियार प्रहार गरी युवकको हत्या