एजेन्सी । मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्प गएराति ६:५ मा गएको हो । राष्ट्रिय भूकम्प मापन निकायले ७.४ रेक्टर स्केलको भूकम्प गएको छ भने अमेरिकी भूगर्भ सर्वेक्षणले ७.६ रेक्टर स्केलको अनुमान गरेको छ ।
उक्त भूकम्पबाट एक जनाको मृत्यु भएको र धेरैँ मात्रामा भौतिक क्षति भएको जनाएको छ । यसबारे थप विवरण आउन भने बाँकी रहेको छ ।
सन् १९८५ र २०१७ का दुई ठूला भूकम्पको वार्षिकोत्सवमा मेक्सिको सिटीमा सयौँ माइल टाढाको भवनहरू हल्लाउँदै पश्चिमी मेक्सिकोमा शक्तिशाली भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु प्रशान्त महासागरको तटमा रहेको मिचोआकान राज्यको कोलकोमानबाट ५९ किलोमिटर (३७ माइल) दक्षिणमा र मेक्सिको सिटीबाट सयौँ किलोमिटर पश्चिममा रहेको भूकम्पविद्हरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०४ असोज २०७९, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
मुगुमा ४ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का