मेक्सिकोमा शक्तिशाली भूकम्प

एजेन्सी

मंगलबार, ०४ असोज २०७९, ०७ : ३७
मेक्सिकोमा शक्तिशाली भूकम्प

एजेन्सी । मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्प गएराति ६:५ मा गएको हो । राष्ट्रिय भूकम्प मापन निकायले ७.४ रेक्टर स्केलको भूकम्प गएको छ भने अमेरिकी भूगर्भ सर्वेक्षणले ७.६ रेक्टर स्केलको अनुमान गरेको छ ।


उक्त भूकम्पबाट  एक जनाको मृत्यु भएको र धेरैँ मात्रामा भौतिक क्षति भएको जनाएको छ । यसबारे थप विवरण आउन भने बाँकी रहेको छ । 
सन् १९८५ र २०१७ का दुई ठूला भूकम्पको वार्षिकोत्सवमा मेक्सिको सिटीमा सयौँ माइल टाढाको भवनहरू हल्लाउँदै पश्चिमी मेक्सिकोमा शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु प्रशान्त महासागरको तटमा रहेको मिचोआकान राज्यको कोलकोमानबाट ५९ किलोमिटर (३७ माइल) दक्षिणमा र मेक्सिको सिटीबाट सयौँ किलोमिटर पश्चिममा रहेको भूकम्पविद्हरूले बताएका छन् ।
 

प्रतिक्रिया दिनुहोस