डोजर अभियानबारे असहमति जनाउँदै नेतृत्व शैलीमाथि डा. सिके राउतले उठाए प्रश्न

सफल खबर संवाददाता

आइतबार, २० बैशाख २०८३, १४ : ०८
डोजर अभियानबारे असहमति जनाउँदै नेतृत्व शैलीमाथि डा. सिके राउतले उठाए प्रश्न

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले काठमाडौँ महानगरपालिकामा सञ्चालन भइरहेको डोजर अभियानप्रति असहमति जनाउँदै नेतृत्व शैलीमाथि टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले लोकप्रियता केन्द्रित नेतृत्व र जिम्मेवार, विवेकपूर्ण तथा उत्तरदायी नेतृत्वबीच स्पष्ट भिन्नता हुने बताएका छन्।

राउतले निर्णय प्रक्रियामा दूरदृष्टि, नैतिकता, मानवीय संवेदनशीलता र सार्वजनिक उत्तरदायित्व आवश्यक रहने उल्लेख गर्दै केवल चर्चा, समर्थन वा भीड आकर्षित गर्ने उद्देश्यले गरिने कार्यशैली दीर्घकालीन रूपमा उपयुक्त नहुने तर्क गरेका छन्।

उनले सार्वजनिक नीति तथा प्रशासनिक निर्णयहरूमा नागरिक हित, सामाजिक न्याय, कानुनी प्रक्रिया र मानवीय पक्षलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।

पछिल्लो समय महानगरपालिकाले सार्वजनिक स्थल व्यवस्थापन, अतिक्रमण हटाउने तथा संरचना भत्काउने अभियान तीव्र बनाएपछि त्यससम्बन्धी समर्थन र आलोचना दुवै धारणा सार्वजनिक भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस