भरतपुर महानगर प्रमुख रेनु दाहालद्धारा जितियाको शुभकामना

सफल खबर संवाददाता

आइतबार, ०२ असोज २०७९, १४ : २४
भरतपुर महानगर प्रमुख रेनु दाहालद्धारा जितियाको शुभकामना

चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आदीवासी थारु जाती लगायत नेपालको तराई क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका साथ मनाइने जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन।

आश्विन कृष्ण अष्टमीका दिन विशेषगरी तराईबासी मधेसी र थारु महिलाहरूले जितिया पर्वलाई आफ्नो सन्तानको सुख, शान्ति र प्रगतिको कामनासहित मनाउने एउटा उत्साहजनक एवं विशिष्ट पहिचान भएको पर्व हो ।

उनले शुभकामना सन्देशमार्फत आदीवासी थारु समुदायको संस्कृतिको जगेर्नाका साथै समुदायमा सामाजिक सद्भाव एवं समृद्ध समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएकी छन । साथै उनले यस पर्वले विविधताभित्र एकता र सामाजिक सद्भावलाई प्रवद्र्धन गर्नमा टेवा पु¥याएको उल्लेख गरिन् ।यो पर्व खासगरी आमाहरूले आफ्नो जीवित पुत्रहरूका लागि व्रत बस्ने हुनाले यसलाई जीवित पुत्र पर्वको रूपमा मनाइन्छ । महिलाहरू पानी समेत नखाई २४ घण्टासम्म भगवान जीतमहान गोसाईँको पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ । थारु समुदायमा झ्याम्टा नाचका साथ जितिया पर्व मनाइन्छ ।

महानगर प्रमुख दाहालले आमा र सन्ततीबीचको माया, प्रेम, समर्पण र वात्सल्य प्रगाढ बनाउन यो पर्वबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै पर्व मनाउने सबैलाई हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका गरिन्। यस पर्वले आमा र सन्ततीबीचको पारस्परिक सद्भाव, मातृत्वपूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई थप प्रगाढ र सुदृढ पार्न प्रेरणा प्रदान गरोस् भनी उनले शुभकामना व्यक्त गरिन् ।
 

प्रतिक्रिया दिनुहोस