काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जीवनमा जित नभइ हार्न सक्नुपर्ने बताएका छन्। आइतबार काठमाडौँमा आयोजित आत्महत्या रोकथाम तथा न्युनीकरणसम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रमुख शाहले हरेक हारबाट धेरै अनुभव लिन सकिने भन्दै हारलाई स्वीकारेर अघि बढ्नु नै जीवन रहेको बताए। उनले भने, ‘हामीले जिन्दगीमा हार्न सिकेका हुँदैनौँ। हामी सोसल मिडियामा व्यस्त हुन्छौँ। हामी हार्न निकै डराउँछौँ। हामी आफूलाई कमजोर छौँ भन्ने सोच्छौँ तर त्यसरी सोच्नु हुँदैन। कुनै पनि कुरा हार्न सिक्नुपर्छ। सबै ठाउँमा सफल भइन्छ भन्ने हुँदैन।हार्नुले हामीलाई धेरै सिकाउँछ।’
यस्तै, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले अहिले युवापुस्ताले सबैभन्दा धेरै आत्महत्या गरिरहेको बताइन्। उनले सामाजिक सञ्जाललाई सही प्रयोग गर्न नसक्दा पनि कतिपय आत्महत्याका घटना हुने गरेको भन्दै यसतर्फ सबै सचेत हुन जरुरी रहेको बताइन्।
उनले भनिन्, ‘आजभोलि सुसाइडहरू युवापुस्तामा बढिरहेको तथ्यांकले देखाएको छ। सामाजिक सञ्जाल चलाउँदा जथाभावी गाली नगर्नुस्। सामाजिक सञ्जालमा आउने सबैकुरा सत्य हुँदैनन्।’
आज देशभरका ७७ वटा जिल्लामा नै आत्महत्या रोकथाम तथा न्युनीकरणसम्बन्धी सचेतना कार्यक्रम हुँदैछ। काठमाडौँमा आज बिहान सचेतनामुलक प्रभातफेरी कार्यक्रमसमेत भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ असोज २०७९, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनको सचिवालयका तीनै सहयोगी रास्वपा केन्द्रीय समितिमा निर्वाचित
रास्वपा सभापतिमा रवि निर्विरोध चुनिएपछि मध्यराति बालेनले लेखे: ‘शुभकामना हाम्रो पार्टीलाई’
'देश बनाउने टोली' भन्दै बालेनले गरे गृहमन्त्री र पूर्वाधारमन्त्रीसँगको तस्वीर सार्वजनिक
फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी