चितवन । भरतपुर महानगरका कार्यबाहक नगर प्रमुख आदरणीय चित्रसेन अधिकारीले भरतपुरका औषधि पसलहरुमा व्यापक चलखेल भएको जनगुनासो आएको भन्दै छिट्टै अनुगमन गरिने बताएका छन । महानगरमा व्यापक रुपमा जनगुनासो आएको छ, कार्यबाहक नगर प्रमुख अधिकारीले भने, अब महानगर छिट्टै एक्सनमा जान्छ ।
नेपाल फार्मेसी सघ चितवनले शनिबार भरतपुरमा आयोजना गरेको जिल्ला स्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रमलाई उद्वघाटन गर्दै कार्यबाहक नगर प्रमुख अधिकारीले नागरिकको स्वास्थ्य माथी खेलवाड गर्ने छुट कसैलाई पनि नभएको बताए। उनले सि एम ए अध्ययन गरेका बिद्यार्थीहरुले भरतपुरमा फार्मेसी पसल सन्चालन गरेको जनगुनासो व्यापक आएको पनि प्रष्ट पारे ।
स्वास्थ्य क्षेत्र मानबका लागि अति नै महत्त्वपूर्ण क्षेत्र भएकोले कुनै पनि ब्यक्ति वा सघ सस्थाले जान अन्जानमा लापरबाही गर्न नहुने उनको तर्क छ । मानव जीवन सग प्रत्यक्ष सम्बन्ध राख्ने औषधि जस्तो संबेदनसिल क्षेत्रमा लापरबाही नगर्न फार्मेसीसग सम्बन्धित निकायहरूलाई पनि उनले आग्रह गरे ।
पछिल्लो समय भरतपुर मेडिकल सिटि र औषधिको हब बन्दै गएको प्रती खुशी व्यक्त गर्दै उनले आगामी दिनहरुमा अझ खुशी थप्ने काम नेपाल फार्मेसी सघले गरोस भन्ने पनि शुभकामना व्यक्त गरे।
कार्यक्रममा चितवनका सातै पालिकाका प्रमुख, उप प्रमुख तथा वडा अध्यक्ष,कार्यपालिका सदस्यहरु तथा वडा सदस्यहरुको सहभागिता रहेको थियोे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ असोज २०७९, १४ : ४२
लेखकबाट थप