अछाम । अविरल वर्षापछि अछामका विभिन्न स्थानमा पहिरो आएको छ । पहिरोमा परेर मृत्यु भएका ४ जनाको शव फेला परेको छ भने कैयौं बेपत्ता भएका छन् ।
यहाँको तुर्माखाँद, ठाँटीकाँध र ढकारीमा शुक्रबार रातिको पहिरो गएको छ । तुर्माखाँदमा पहिरोमा परी ७ जना बेपत्ता भएका छन् भने दुई घर पहिरोले बगाएको छ । तुर्माखाँदमै चार जनाको शव फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी नारायण डाँगीले जानकारी दिए ।
यस्तै, ठाँटीकाँधको पहिरोमा ९ जना बेपत्ता भएका छन् भने दुई घर बगाएको छ । यसैगरी ढकारीमा पहिरोले एक घर बगाएको र ३ जना बेपत्ता भएको डीएसपी डाँगीले बताए ।
पहिरो खसेका स्थानमा उद्धार र खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको छ । पहिरोकै कारण विभिन्न स्थानमा सडक अवरु्द्ध भएका छन् भने बिजुलीरबत्ती र सञ्चार विच्छेद भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ असोज २०७९, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
पहिरो खसेपछि बीपी राजमार्ग फेरि अवरुद्ध
पहिरोले सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध
घोराही–थबाङ सहिदमार्गमा दुई ठाउँमा पहिरो, सडक अवरुद्ध
सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
पहिरोले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध