भरतपुर महानगरमा समाबेशी शिक्षा सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी शुरु

सफल खबर संवाददाता

विहीबार, ३० भदौ २०७९, १४ : ५०
भरतपुर महानगरमा समाबेशी शिक्षा सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी शुरु

चितवन । भरतपुर महानगरले समाबेशी शिक्षा सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी बिहिवारबाट भरतपुरमा शुरु गरेको छ । बेलायत सरकारको सहयोगमा संचालित अपाङगता समावेशी बिकास कार्यक्रम अन्तर्गत संचालित समाबेशी शिक्षा परियोजना सम्बन्धि कार्यशाला गोष्ठीको आयोजना गरेको हो । समाबेशी शिक्षा परियोजनाको उद्देश्य सबै बालबालिकाको सिकाइमा समान अधिकार र अवसरको प्रत्याभूति गर्नु हो । परियोजनाले ४ देखि १७ बर्ष उमेर समुहका अपांगता भएका तथा कार्यगत सिमितता भएका विद्यालय भित्र र बाहिर रहेका बालबालिकाहरुलाई लक्ष्यित बर्गको रुपमा राख्दै आएको छ । परियोजनाको कार्यक्षेत्र भरतपुर महानगरपालिका र कालिका नगरपालिका रहेको छ ।

भरतपुर महानगरपालिकामा ८७ वटा स्कुल र कालिका नगरपालिकामा ३५ वटा स्कुलमा परियोजना लागू भएको छ ।  गोष्ठीमा कमिटेड सस्थाका परियोजना ब्यबस्थापक योगेन्द्र चापागाईंले भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा लागू भएको समाबेशी शिक्षा परियोजनाको अवस्था,लक्षित बर्ग,भौतिक पहुँचको अवस्था,सुचकहरुको बर्तमान अवस्था र स्कुलहरुमा परियोजनाले पारेको प्रभावको बारेमा कार्यपत्र प्रस्तुत गरेका छन । गोष्ठीमा अपांगता भएका ब्यक्तिहरुको हक, अधिकार, शिक्षा र स्वास्थ्य, अवसर र चुनौती, र सेवा सुबिधाको बारेमा विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिएको छ । 

गोष्ठीको पहिलो सत्रमा शिक्षा सम्बन्धि राष्ट्रिय नीतिहरुको बारेमा ह्यान्डिक्याप इन्टरनेशनलका परियोजना ब्यबस्थापक सुशील खनालले प्रकाश पारे।  समाबेशी शिक्षाका सम्बन्धमा सरकारी नितिहरुमा बिद्यालय ब्यबस्थापन समिति,शिक्षक अभिभावक सघ र प्रध्यानाध्यापकहरुको समग्र बुझाइ मध्यम खालको रहेको एक अध्ययनले देखाएको छ । 

गोष्ठीमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले महानगर १० बर्से शिक्षा योजना निर्माण गर्ने क्रममा रहेको बताए। भरतपुर महानगरमा संचालित समाबेशी शिक्षाको बर्तमान अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्दै पौडेलले बालबालिकालाई सिकाइको दायरामा ल्याउन यो परियोजनाले सहयोग पुर्‍याउनेमा बिश्वास व्यक्त गरे । बिद्यालय बाहिर रहेका बिद्यार्थीहरुलाइ मुलधारको शिक्षामा ल्याउनु पर्नेमा उनको तर्क छ । गोष्ठीमा भरतपुर महानगरपालिका भित्रका ११ वटा बिद्यालयका प्रध्यानाध्यापकहरु,वडा न १,११,१५,२४,२६ र २९ का अध्यक्षहरुको सहभागिता रहेको छ । 

परियोजनालाई ह्यान्डिक्याप इन्टरनेशनल, लियोनार्ड चेसाइर र सेन्स इन्टरनेशनले साझेदारी सस्थाहरुको रुपमा काम गर्दै आइरहेका छन भने अटिजम केयर चितवन सोसाइटी, राष्ट्रिय बहिरा सघ नेपाल र कमिटेडले कार्यक्रम कार्यान्वयन गर्दै आएका छन ।  परियोजनाको अबधि ३ बर्षको रहेको छ ।

प्रतिक्रिया दिनुहोस