काठमाडौँ । मिटरब्याजको धन्दा नियन्त्रणका लागि सरकारद्वारा गठित अध्धयन समितिले आफ्नो अध्ययन सकेर प्रतिवेदन बुझाएको छ । समितिले उक्त धन्दा नियन्त्रण गर्नका लागि सरकारलाई ५ वटा बुँदामा सुझाव दिएको छ ।
कार्यदलले तयार पारेको प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँडलाई बुझाएको छ । गत साउन २७ गते गृहमन्त्रीले मिटरब्याजद्वारा पीडितहरुको माग अनुसार अध्ययन गरी नियन्त्रण उपाय सुझाउन भनी डा. भीष्मकुमार भुसालको नेतृत्वमा कार्यदल गठन गठन गरेका थिए ।
कार्यदलले मिटरब्याजको समस्या बढी भएका तराईका जिल्लाहरुमा अध्ययन गरेर समाधानका ५ उपायसहित प्रतिवेदन पेस गरेको हो । जसमा प्राप्त उजुरीहरुमाथि तत्काल छानबिन गरेर कारबाहीलाई निरन्तरता दिने, संघीय एकाइहरूको भूमिका र राजनीतिक प्रतिबद्धतामा जोड दिने, सरकारका वार्षिक नीति तथा कार्यक्रममै व्यवस्था गर्ने, ४ कानुनी सचेतना र सुधारका कार्यक्रम ल्याउने तथा सचेतना साक्षरता वित्तीय पहुँच बढाउने लगायत उपाय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० भदौ २०७९, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
यो चुनावले मानवता, मुलुक र संविधान जोगाउने कुराको प्रत्याभूति दिएको छ: गृहमन्त्री अर्याल
गृहमन्त्री अर्यालद्वारा ललितपुरमा मतदान
राष्ट्रिय सुरक्षालाई साझा जिम्मेवारीका रूपमा बुझौँ: गृहमन्त्री अर्याल
निर्वाचन फागुन २१ मै हुन्छ, कुनै शंका नगर्नू: गृहमन्त्री अर्याल
वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री