काठमाडौँ । मिटरब्याजको धन्दा नियन्त्रणका लागि सरकारद्वारा गठित अध्धयन समितिले आफ्नो अध्ययन सकेर प्रतिवेदन बुझाएको छ । समितिले उक्त धन्दा नियन्त्रण गर्नका लागि सरकारलाई ५ वटा बुँदामा सुझाव दिएको छ ।
कार्यदलले तयार पारेको प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँडलाई बुझाएको छ । गत साउन २७ गते गृहमन्त्रीले मिटरब्याजद्वारा पीडितहरुको माग अनुसार अध्ययन गरी नियन्त्रण उपाय सुझाउन भनी डा. भीष्मकुमार भुसालको नेतृत्वमा कार्यदल गठन गठन गरेका थिए ।
कार्यदलले मिटरब्याजको समस्या बढी भएका तराईका जिल्लाहरुमा अध्ययन गरेर समाधानका ५ उपायसहित प्रतिवेदन पेस गरेको हो । जसमा प्राप्त उजुरीहरुमाथि तत्काल छानबिन गरेर कारबाहीलाई निरन्तरता दिने, संघीय एकाइहरूको भूमिका र राजनीतिक प्रतिबद्धतामा जोड दिने, सरकारका वार्षिक नीति तथा कार्यक्रममै व्यवस्था गर्ने, ४ कानुनी सचेतना र सुधारका कार्यक्रम ल्याउने तथा सचेतना साक्षरता वित्तीय पहुँच बढाउने लगायत उपाय रहेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० भदौ २०७९, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल
गृहमन्त्रीद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन
देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई जेन-जीले भने- भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही गर्नुस्
गृहमन्त्रीले बोलाए सुरक्षा समिति बैठक
मिथ्या सूचना नियमन गर्न गृहमन्त्रीको चासो