एनआईसी एशिया बैंकको खातामा अब भिसा डाइरेक्टबाट सिधै रकम पठाउन सकिने

सफल खबर संवाददाता

बुधबार, २९ भदौ २०७९, १६ : २६
एनआईसी एशिया बैंकको खातामा अब भिसा डाइरेक्टबाट सिधै रकम पठाउन सकिने

काठमाडौं । एनआईसी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब भिसा डाइरेक्टमार्फत सोझै रकम पठाउन सकिने सेवाको शुभारम्भ भएको छ ।  बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरू सामू यो नवीन सेवाको सुरुवात गरेको हो । 

अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० बढी देशहरूबाट पठाइएको रकम बैंकका ग्राहकले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस सेवा अन्तर्गत विश्वका कुनै पनि भिसा डाइरेक्ट प्लेटफर्ममार्फत रकम पठाउँदा  बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिनेछ । त्यसका लागि रकम पठाउनेहरूले आफ्नो मोबाइल÷इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत यस बैंकले जारी गरेको १६ अंकको भिसा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्नेछन् । विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तलाई तुरुन्त पैसा पठाउने ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै ल्याएको यस नवीन सेवाले रेमिटेन्स सम्प्रेषणलाई सहज बनाउने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस