असफलता र कमजोरीबाट जहिल्यै सिक्ने अवसर मिल्छ: विनोद चौधरी

सफल खबर संवाददाता

बुधबार, २९ भदौ २०७९, १४ : ३५
असफलता र कमजोरीबाट जहिल्यै सिक्ने अवसर मिल्छ: विनोद चौधरी

काठमाडौं । उद्योगपति विनोद चौधरीले असफलता र कमजोरीबाट जहिल्यै सिक्ने अवसर मिल्ने बताएका छन् । सफलता लामो समय नजान सक्ने भन्दै उनले पाएको समयमा गोल गर्न सक्ने हुनुपर्ने उनको भनाइ छ । 

मंगलबार किताब जात्रामा भाग लिँदै उनले असफलता र कमजोरीबाट सिक्ने अवसर दिन्छ भन्दै आफू जहिले पनि सडकमै रहेको उल्लेख गरे । उनले कुनै पनि व्यक्तिले पाएको सफलताले नयाँ बाटो र नयाँ दृष्टिकोण दिन सक्नुपर्ने बताए ।

कांग्रेस केन्द्रीय सदस्य एवं सांसद चौधरीको संवादको सारसंक्षेप

प्रश्नकर्ताः सडकबाट उठेर न्युयोर्कको फोर्ब्स पत्रिकासम्म त पुग्नुभयो । तर मुलुकको अवस्था यस्तो छ । तपाई लाग्छ कि यो मुलुकलाई दिन सक्ने कुरा उद्योग, रोजगारी र कर मात्रै हो त ? तपाई यो देशको रुपान्तरणमा केहि योगदान रहँदैन ?

चौधरीः त्यति मात्रै होइन, म आफू सम्बद्ध रहेका संस्थामा सधैं सफल नेतृत्वका रुपमा रहें । विभिन्न प्रकारका महत्वपूर्ण मुद्दामा आफ्ना प्रष्ट धारणाहरू राखे । चाहे त्यो संसदमा होस्, विभिन्न सेमिनार गोष्ठीमा होस् वा मिडियामा ।

तर मेरो निष्कर्ष के रह्यो भने दर्शक बनेर परिवर्तन सम्भव छैन, परिवर्तनका लागि खेलाडीका रुपमा मैदानमा प्रवेश गर्नैपर्छ । खेलाडीमा पनि अलग अलग श्रेणीका हुन्छन् । गोल हान्ने खेलाडी बन्नुभयो भने परिवर्तन ल्याउन सक्नुहुन्छ । भारतको उत्तरप्रदेश, विहारको कुरा गर्न सक्छौं । भारतको सबैभन्दा बढी बिग्रिएका प्रदेश हुन्, तर ती प्रदेश १०÷१५ वर्षमा विकास भएका हुन् । 
 

यस्तो खेलाडीका रुपमा छु कि मैदानमै छु, भित्रै छु । गोल हान्नै सक्ने अवस्थामा छैन । आफ्ना कुरा राख्छु । जतिसुकै बलियो गरी आफ्ना कुरा राखे पनि सुन्ने निकाय संवेदनशील छैन । सुनेका कुरालाई कार्यान्वयनमा लैजाँदैन भने जति बोले पनि व्यर्थ हुन्छ । सफलता लामो समय नजान सक्छ । सफलताले तपाईको नयाँ बाटो, नयाँ दृष्टिकोण दिन सक्नुपर्छ । असफलता र कमजोरीबाट सिक्ने अवसर दिन्छ । म जहिले पनि सडकमै रहे ।

 

facebook sharing button

प्रतिक्रिया दिनुहोस