रणवीर र आलियाको ‘ब्रह्मास्त्र’ले पहिलो दिन कति कमायो ?

सफल खबर संवाददाता

शनिबार, २५ भदौ २०७९, १६ : ५९
रणवीर र आलियाको ‘ब्रह्मास्त्र’ले पहिलो दिन कति कमायो ?

काठमाडौं । शुक्रबार (हिजो)बाट दर्शकमाझ रिलिजमा आएको आयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’ले दर्शकहरुबाट राम्रो रेस्पोन्स पाइरहेको छ । रणवीर कपूर र आलिया भट्ट स्टारर् ‘ब्रह्मास्त्र’ले आशा गरिएको भन्दा राम्रो बक्स अफिस कलेक्शन गरेको छ ।

रिलिजको पहिलो दिन (शुक्रबार) ‘ब्रह्मास्त्र’ १३००० भन्दा बढी सिनेमा हलमा चलेको निर्माण पक्षको दाबी छ । तरण आदर्शलगायतका दिग्गज ट्रेड एनालिस्टले खराब रिभ्यू गरेको भएतापनि फिल्मलाई लिएर दर्शकहरुको राम्रो क्रेज थियो ।

फिल्मले अनलाइन शोजको एडभान्स बूकिङबाट मात्रै पनि १९.६६ करोड बढीको कलेक्शन गरेको थियो । सुरुवाती रिपोर्टका अनुसार ‘ब्रह्मास्त्र’ले बक्स अफिसमा करिब ३६ करोडको ओपनिङ कलेश्न गरेको छ । फिल्मको यो अल इन्डिया कमाई हो ।

‘ब्रह्मास्त्र’को हिन्दी भर्सनले मात्रै पनि ३२ करोड बढीको ओपनिङ कलेक्शन गरेको छ । वल्र्डवाइड कलेक्शनको कुरा गर्नुपर्दा ५० करोड बढीको ब्यापार गरेको छ ।

प्रतिक्रिया दिनुहोस