एजेन्सी । भियतनामको दक्षिणी सहर थुआन एनमा रहेको केराओके बारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।
अन्य कैयौं घाइते भएको बताइएको छ । मंगलबार राति केराओके परिसरको दोस्रो तलाबाट निस्किएको आगो र धुवाँमा धेरै ग्राहक र कर्मचारी फसेको देशको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँबाट निस्कने आकस्मिक बाटो पनि आगोको चपेटामा परेको छ ।
रिपोर्टका अनुसार दोस्रो तल्लाबाट सुरु भएको आगो चाँडै नै तेश्रो तलामा पुग्यो, जहाँ फास्ट तीब्र गतिमा जल्ने सामान राखिएको थियो । सार्वजनिक सुरक्षा मन्त्रालयको आधिकारिक मुखपत्र कोङ एन हान दानका अनुसार मृत्यु हुने ३२ जनामध्ये १७ जना पुरुष र १५ जना महिला रहेका छन् ।
यस्तै अर्को वेबसाइटले अधिकारीहरूलाई उद्धृत गर्दै आगलागी हुँदा बारमा करिब ६० जना उपस्थित थिए भन्ने जानकारी दिएको छ । आगलागीबाट बच्न धेरै मानिसहरु बालकनीमा जम्मा भएको तर काठले बनेको इन्टेरियरसम्म आगो फैलिएपछि त्यहाँ सुरक्षित बस्नु सम्भव भएको थिएन । यस्तो अवस्थामा चारजनाले भाग्नका लागि भवनको दोस्रो र तेस्रो तल्लाबाट हाम फालेका थिए ।
हो ची मिन्ह सहर नजिकै रहेको थुआन आनमा भएको आगलागीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २३ भदौ २०७९, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टर्कीमा आगलागीः ५५० भन्दा बढीलाई सुरक्षित स्थानमा सारियो
नागार्जुनमा आगलागी, क्षतिको विवरण आउँन बाँकी
आगलागी भएको हुम्ला उनापानीमा एक करोडभन्दा बढी क्षति
हुम्लामा आगलागी, आठ घर जलेर खरानी
बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग
बालुवा बोकेको टिपरमा आगलागी