एजेन्सी । दक्षिण कोरियामा हिनामनोर आँधीका कारण एउटा भवनको बेसमेन्टमा रहेको कार पार्कमा फसेर सात जनाको मृत्यु भएको छ। उनीहरू आफ्नो कार सार्न तल गएका बेला आँधीमा फसेका थिए।
उद्धार टोलीले दुई जनाको उद्धार गरेका थिए। उनीहरु पाइपमा १२ घण्टाभन्दा बढी टाँसिएर ज्यान जोगाएका थिए।यस वर्षको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चक्रवाती आँधी हिनामनोर यस हप्ताको सुरुमा दक्षिण कोरियामा पुगेको थियो। बाढीका कारण बेसमेन्ट पूर्णरुपमा डुबेको थियो।
राष्ट्रपति युन सुक(योलले उक्त विपत्तिप्रति दुःख व्यक्त गरेका छन्। उनले भने,‘हिजो राती यो दुःखद घटनाका कारण म निदाउन सकिनँ।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २३ भदौ २०७९, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनकी श्रीमतीलाई पक्राउ गर्न वारेन्ट जारी
दक्षिण कोरिया पुगे १ लाख २० हजार युवा
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई सोधपुछका लागि नयाँ पक्राउ पूर्जी जारी
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी
दक्षिण कोरियाले बन्द गर्यो प्रोपोगाण्डा स्पिकर
दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी दलका उमेदवार ली जे म्युङ विजयी