काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा एकल अंकको गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से ४.२९ अंक (०.२२ प्रतिशत) ले गिरावट भएर १९७३.०१ अंकमा बन्द भएको छ ।
नेप्सेमा गिरावट हुँदा उत्पादन तथा प्रशोधन र लघुवित्त बाहेक सबै उपसूचकमा गिरावट भएको छ । बजार परिसूचमा सुस्ताता देखिंदा कारोबार रकम पनि १ अर्बबाट तल झरेको छ । तर, आइतबार १ अर्ब ७ करोडको कारोबार भएको बजारमा सोमबार २४ लाख ४४ हजार ३३४ कित्ता सेयर किनबेच हुँदा ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँको कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावर कम्पनीको सर्वाधिक ९ करोड ९६ लाख ९५ लाखको कारोबार हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ५९ लाख ७९ हजार र नबिल बैंकको ४ करोड ५६ लाख ५६ हजारको कारोबार भएको छ ।
सोमबार नेप्सेमा १८७ कम्पनीको सेयर किनबेच भएकोमा ११६ कम्पनीको सेयर मूल्य घटेको छ । ६१ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १० कम्पनीको भने स्थिर छ । सोमबार कारोबार भएकामध्ये मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य ७.४३ प्रतिशतले वृद्धि हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३.९३ प्रतिशत र रिडी हाइड्रोपावरको सेयर मूल्य ३.२३ प्रतिशतले बढेको छ ।
यता रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य ६.५५ प्रतिशतले गिरावट हुँदा आशा लघुवित्तको सेयर मूल्य ३.६६ प्रतिशत र जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ३.०४ प्रतिशतले गिरावट भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० भदौ २०७९, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ५३ करोडको कारोबार
दोहोरो अंकले बढ्यो सेयर बजार
नेप्सेमा दोहोरो अंकको गिरावट, २ अर्ब ७९ करोडको कारोबार
नेप्सेमा सामान्य गिरावट
नेप्से दोहोरो अंकले घट्यो, ३ अर्ब ४८ करोडको कारोबार
नेप्से ९ अंकले बढ्यो, सवा ४ अर्बको कारोबार