काठमाडौं। नेपालको पहिलो केबलकार मनकामना केबलकारले प्रविधि स्तरोन्नति गरेसंँगै आउदो शनिबार (भाद्र २५) गतेबाट नियमित संचालनमा आउने जनाएको छ ।
स्तरोन्नतीका लागि प्रक्षेपण गरिएको १ हप्ता अगावै संचालनमा ल्याउन सफल भएको केबलकार व्यवस्थापनले जनाएको छ । विगतमा रहेको एनालग कनेक्ट प्रणालीलाई अहिले डिजिटल प्रणालिमा स्तरोन्नति गरिएको केबलकारले जनाएको छ । अब यो केबलकारनेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुनेछ ।
चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सुरक्षित, सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति गरिएको केबलकारले जनाएको छ ।
स्तरोन्नति कार्य अष्ट्रियाका प्राविधिकहरुले गरेका छन् । प्रविधि स्तरोन्नती गर्न श्रावन २३ गतेदेखि यो केबलकारले सेवा स्थगन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० भदौ २०७९, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने
मनकामना केबलकार २७ औं वर्षमा प्रवेश
मनकामना केबलकार आजदेखि तीन दिन बन्द
मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने