काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा एकल अंकको सुधार भएको छ । आइतबार बजार परिसूचक नेप्से ६.६८ अंक (०.३४ प्रतिशत) ले वृद्धि भएर १९७७.३० अंकमा बन्द भएको छ ।
नेप्सेमा सुधार हुँदा होटल तथा पर्यटन उत्पादन तथा प्रशोधन अन्य र म्युचुअल फन्ड बाहेक सबै उपसूचकमा सुधार भएको छ ।नेप्से सुधारोन्मुख भएपनि कारोबार रकम भने १ अर्ब ७ करोडमा सीमित भएको छ । गत शुक्रबार दुई घण्टाको लागि मात्रै सञ्चालन हुँदा करिब ७० करोड र बिहीबार १ अर्ब ३८ करोडको कारोबार भएको थियो ।
तर, आइतबार नेप्सेमा २८ लाख ७६ हजार २८८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँको कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावर कम्पनीको सर्वाधिक ८ करोड ९१ लाखको कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको ६ करोड ५३ लाख ३७ हजारको कारोबार र नबिल बैंकको ६ करोड ३० लाख ५० हजारको कारोबार भएको छ ।
आइतबार नेप्सेमा १८९ कम्पनीको सेयर किनबेच भएकोमा ४१ कम्पनीको सेयर मूल्य घटेको छ । १३३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १५ कमपनीको भने स्थिर छ । आइतबार कारोबार भएकामध्ये रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ९.१८ प्रतिशत र जोशी हाइड्रोपावरको ८.१२ प्रतिशतले सेयर मूल्य बढेको छ ।
यता सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य २.८६ प्रतिशतले गिरावट हुँदा सोल्टी होटलको सेयर मूल्य १.९१ प्रतिशत र नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य १.८६ प्रतिशतले गिरावट भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ भदौ २०७९, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा ४ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
आज दोहोरो अंकले घट्यो नेप्से
प्रि ओपन सेसनमा नेप्से सामान्य बढ्यो
सेयर बजार १७ अंकले घट्यो
साताको सेयर बजार– परिसूचकसँगै घट्यो कारोबार रकम
सामान्य अंकले घट्यो नेप्से परिसूचक