बागलुङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेस बागलुङले उम्मेदवार छनौट प्रक्रिया अगाडि बढाएको छ ।
शनिबार सम्पन्न बागलुङ क्षेत्र नम्बर २ को नेपाली काँग्रेसको बैठकले प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवासहित १० जनाको नाम प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको क्षेत्रीय सभापति जोकलाल बुढाले बताए ।
बागलुङ क्षेत्र नम्बर २ गठबन्धन हुँदापनि नेपाली काँग्रेसकै भागमा हुनुपर्ने मागसहित प्रधानमन्त्री पत्नीलाई पहिलो नम्बरमा राखेर उम्मेदवार सिफारिस गरिएको छ ।
काँग्रेसबाट बागलुङ क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उम्मेदवारमा गणेश शेरचन, जिल्ला सभापति जितबहादुर शेरचन, महाधिवेशन प्रतिनिधिहरु टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, संविधान सभा सदस्य नरबहादुर पुन निरज, पूर्व महासमिति सदस्य रामप्रसाद आचार्य, डा. शान्तराज आचार्य, महाधिवेसन प्रतिनिधि सिंहबहादुर रानाको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ भदौ २०७९, १९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावको मुखैमा देउवा पत्नी आरजु राणा किन पुगिन् दिल्ली ?
आफ्नो घरमा नोट जलेको भनी अफवाह फैलाइएको डा. आरजु राणाको दाबी
वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानका लागि समिति गठन