काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी, नेपाल मकवानपुरले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि पार्टी केन्द्रीय अध्यक्ष कमल थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । थापालाई उनको गृह क्षेत्र मकवानपुरको क्षेत्र नं. १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ ।
राप्रपा मकवानपुरको शनिबार हेटौंडामा भएको जिल्ला संयुक्त बैठकले पूर्व उपप्रधानमन्त्री समेत रहेका थापालाई सर्वसम्वत उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरले जनाएको छ । जिल्लाको अन्य प्रतिनिधि तथा प्रदेशसभा क्षेत्रमा भने नाम टुङ्गो लगाउन बाँकी रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ भदौ २०७९, १५ : २९
लेखकबाट थप