काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र मुलुक विद्युतमा आत्मनिर्भर हुने दाबी गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आन्तरिक खपत बढाएर पनि मुलुकमा ५ वर्षपछि वार्षिक रूपमा २ खर्बको विद्युत् निर्यात गर्ने योजना रहेको पनि बताए ।
‘दुई वर्षपछि हामी विद्युतमा आत्मनिर्भर हुन्छौं । भैले भनिराखेको छु–५ वर्षपछि हामी वार्षिक २ खर्व रुपैयाँ बराबरको विद्युत निर्यात गर्छौं । त्यो आन्तरिक खपत बढाएर हो । आन्तरिक खपत बढाउनका लागि जनचेतनाको अभिवृद्धि र पूर्वाधार विकासमा हामीले जोड दिएका छौं’ उनले भने ।
प्रबन्ध निर्देशक घिसिङले विद्युतको खपत बढाउन जनचेतनाको अभिवृद्धि गर्ने र पूर्वाधार विकासमा जोड दिइएको समेत बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ भदौ २०७९, १४ : २२
लेखकबाट थप