शिक्षा र स्वास्थ्य मन्त्रालय नलिएर कांग्रेसले गल्ती गरिरहेको छः शेखर कोइराला

सफल खबर संवाददाता

शनिबार, १८ भदौ २०७९, १३ : ४९
शिक्षा र स्वास्थ्य मन्त्रालय नलिएर कांग्रेसले गल्ती गरिरहेको छः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राज्यले स्वास्थ्य र शिक्षामा लगानी नबढाएसम्म देश समृद्धिको बाटोमा नजाने बताएका छन् । ‘एकातिर हामी समृद्धिको कुरा गर्छौं अर्कोतिर यी विषयमा न्यून बजेट छुट्टयाउँछौँ, अनि कसरी देश उँभो लाग्छ’, उनले भने ।

शिक्षा र स्वास्थ्य मन्त्रालय कांग्रेसले नलिएर गल्ती गरिरहेको पनि काेइरालाले गुनासो गरेका छन् । उनले भने, ‘स्वास्थ्य मन्त्रालय कहिलेकाही लिने गरे पनि शिक्षा मन्त्रालय लामो समय कांग्रेसले लिएको छैन । अब यी दुवै मन्त्रालय छाड्नुहुन्न । प्रजातन्त्रवादी चिकित्सक संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले चिकित्सकलगायत पेशाकर्मीहरूलाई विशेष ब्यवस्था गरेर कांग्रेस पार्टीमा भूमिका दिनुपर्ने बताए । ‘पेशाकर्मीहरू तलैबाट हाम्रा कार्यकर्तासँग प्रतिष्पर्धा गरेर आउन सक्दैनन् । पार्टीमा उहाँहरूको अनुभव र भूमिकाको ठूलो महत्व छ’, कोइरालाले भने ।

प्रतिक्रिया दिनुहोस