काठमाडौं । अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसर पारेर देशभर गिद्ध गणना सुरु भएको छ। चराविद् तथा गिद्ध संरक्षणको क्षेत्रमा सक्रिय रहँदै आएका कृष्ण भुसालसहितको टोलीले शनिबारदेखि गणना सुरु गरेको हो।
‘आ-आफ्नो क्षेत्रमा पाइने गिद्धका प्रजाति चिनौँ, गणना गरौँ र भावी सन्ततीले पनि देख्न पाउने गरी संरक्षण गरौँ’, भुसालले लेखेका छन्।हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार गिद्ध सचेतना दिवस मनाउने गरिएको छ। गिद्धविज्ञ समूहसहितको आयोजनामा १४ औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउन लागिएको हो।
समुदायमा आधारित बहुसरोकारवाला निकायको समन्वयमा गरिँदै आएको गिद्ध संरक्षण अभ्यासलाई दिगो बनाउन सके मात्र गिद्धको दिगो संरक्षण हुन सक्ने गिद्धविज्ञ समूह नेपालले जनाएको छ।‘गिद्ध र यसका बहुपक्षीय सम्बन्धको बारेमा ठोस र प्रभावकारी अध्ययन तथा अनुसन्धानलाई प्राथमिकता दिउँ’, समूहले जारी गरेको वक्तव्यमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ भदौ २०७९, ११ : ५४
लेखकबाट थप