काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको गुटबन्दीका कारण माओवादी चुनावमा पछि परेको बताएका छन् । अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनमा प्राप्त मतपरिणामबारे बोल्दै पार्टीका उम्मेदवारले जति मत ल्याए त्यसबा सन्तुष्ट हुन नसकिने बताए ।
शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, ‘१७५ दाबी गरेका थियौं तर १२५ मा सीमित रह्यौँ । विगतमा जितेका पालिका पनि गुमाएका छौं । ५० भन्दा बढी पालिका हार्यौं । पार्टी भित्रका व्यक्तिवादी र स्वार्थी मान्छेहरुका कारण हार व्यहोर्नुपर्यो।’ उनले कार्यकर्ताका कारण नभई नेताहरुका कारण निर्वाचन हारिएको समेत बताए । पार्टीभित्र धेरै स्वार्थी गुट रहेको बताउँदै उनले नेताहरु आफैं प्रचण्ड बन्न खोजेका कारण निर्वाचन हारिएको बताए ।
उनले भने, ‘प्रचण्डको नेतृत्वमा मा़ओवादी एउटै छ तर भित्रभित्र स्वार्थी गुट छ । म त कर्णालीमा पनि गुटैगुट देख्छु । भन्ने बेलामा पार्टीको मुख्य नेता प्रचण्ड भन्ने तर व्यवहारमा ‘मै हुँ प्रचण्ड’ भन्ने स्थितिका कारण निवार्चनमा हारियो।’ उनले कर्णालीका नेता कार्यकर्तालाई पनि गुटबन्दी रोक्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ भदौ २०७९, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
माओवादी-समाजवादीसहित आठ दलले गरे एकताको सहमति,१८ बुँदे सहमतिपत्रमा के छ ?
खाेटाङका माओवादी सांसद पासाङको आरोप– “सुदन किराँती भ्रष्ट छन्”
बैठकमा आफ्नो कुरा राखेर उठेर हिँड्ने जनार्दनको शैली अराजक: प्रचण्ड
चितवनबाट उठेको न्यायको आवाज — जेन Z आन्दोलनमाथिको दमन र विद्यार्थी हत्याविरुद्ध हस्ताक्षर अभियान सम्पन्न!
देशमा क्रान्ति र प्रतिक्रान्ति आमनेसामने छन् : प्रचण्ड