छालाको उपचारका लागि नर्भिकमा भित्रियो नयाँ प्रविधि

सफल खबर संवाददाता

विहीबार, १६ भदौ २०७९, १४ : ०५
छालाको उपचारका लागि नर्भिकमा भित्रियो नयाँ प्रविधि

काठमाडौं । नर्भिक अस्पतालमा छालाको उपचारका लागि नयाँ प्रविधि भित्रिएको छ । छालाको चाउरीपना, पिम्पल, दागलगायतका छाला सम्बन्धी सबै उपचारका लागि मल्ल ग्रुप अफ कम्पनीले नर्भिकमा पहिलो पटक डर्मा क्लियर नामक उपचार सुरु गरेको हो । यो उपचार पीडादायी नहुने र ३० मिनेट मै गर्न सकिनेछ । उपचार पछि छाला चम्किलो र स्वस्थ हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

डर्मा क्लियर नामक उपचारमा तीन चरणहरु पर्दछन् । पहिलो चरणमा मरिसकेको छालाका कोशिकाहरूलाई छालाको बाहिरी तहबाट बिस्तारै र कुशलतापूर्वक हटाइन्छ । यसले छालालाई सफा र ताजा बनाउँछ भने स्वस्थ छालाको सतहलाई उजागर गर्दछ । अर्को चरणमा छालाबाट फोहोर, सूक्ष्म प्रदूषक र अशुद्ध तत्वहरुलाई सक्शन उपकरण प्रयोग गरि हटाइन्छ । अन्त्यमा एक उपकरणले एन्टिअक्सिडेन्ट र एन्टी–एजिंग सीरमलाई छालामा हालिन्छ । यसो गर्नाले छाला चम्किलो र स्वस्थ हुने विज्ञप्तिमा उल्लेख छ । 

“यस डर्मा क्लियर उपचार प्रक्रिया पीडादायी हुदैन । उपचार पछि तुरुन्तै आफ्नो नियमित गतिविधिमा फर्कन सक्छ, ” मल्ल ग्रुप अफ कम्पनिजका अध्यक्ष राम शरण मल्लले भने, “पहिलो उपचार पछि नै राम्रो परिणाम देख्न सकिन्छ । छाला ताजा र सफा देखिन्छ। यस उपचारले रक्त प्रवाह र नयाँ कोशिकाहरूको पुनरुत्थानलाई पनि मद्दत गर्दछ र छालाको नवीकरण प्रक्रियालाई गति दिन्छ ।”

डर्मा क्लियर छाला सम्बन्धि अन्य विविध उपचारहरु भन्दा अघि हुने पूर्व–उपचारको रूपमा पनि प्रयोग गर्न सकिन्छ । यस्ता उपचारहरुलाई डर्मा क्लियरले अझ प्रभावकारी बनाउँछ । 

“डर्मा क्लियर उपचार सेवा सुरु गरेकोमा हामी नर्भिक इन्टरनेशनल अस्पताल तथा विशेष गरी छाला रोग विभागको टोलीलाई बधाई दिन चाहन्छौं,” मल्लले भने ।डर्माक्लियर नेपालमा चिकित्सा उपकरण र सर्जिकल उपकरणहरूमा अग्रणी कम्पनीहरू मध्ये एक धरती मेडिटेकद्वारा नर्भिक अस्पतालमा लन्च गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस