नेपाल सुगौली सन्धी पछिको संकटमा, सबै मिलेर मात्र पार लगाउन सकिन्छ : देव गुरुङ

सफल खबर संवाददाता

विहीबार, १६ भदौ २०७९, ११ : ४६
नेपाल सुगौली सन्धी पछिको संकटमा, सबै मिलेर मात्र पार लगाउन सकिन्छ :  देव गुरुङ

लमजुङ । प्रतिनिधि सभा सदस्य तथा नेकपा माओबादी केन्द्रका महासचिव देब प्रसाद गुरुङले मुलुक ईष्ट ईण्डिया कम्पनी र नेपाल बिचको युद्ध पछिकै ठुलो संकटमा रहेको बताएका छन । 

लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकामा रहेको जनचेतना पुस्तकालयको स्वर्ण महोत्सव उदघाटन गर्दे उहाँले सुगौली सन्धी पछिको महासंकटमा नेपाल रहेकाले सबै मिले मात्र समाधान गर्न सकिने बताएका हुन । नेपाललाई युद्धको बेसएरिया बनाएर बिदेशीले युद्धको बंकर रुपमा लैजान खोजेकोले यो अबस्थामा सबै राजनितिक दलहरु बिच एकता, मैत्रिपुर्ण संबन्ध आबस्यक रहेको उहाँले उल्लेख गरे ।

संबिधान जारी भएपछि मुलुक आन्तरीक रुपमा शान्ती र बिकासमा लम्केको भन्दै बिदेशीले नेपालमा शान्ती र दिगो बिकास नचाहेकाले शक्ति केन्द्रहरु सलबलाएको उनकोे भनाई छ । राष्ट्र र राष्ट्रियता रहे मात्र राजनिति गर्ने अबस्था आउने भन्दै पहिला राष्ट्र जोगाउन सबै राष्ट्रबादी शत्तिहरु एकजुट हुने आबस्यक रहेको उनको भनाई थियो । अहिलेको अबस्थामा सर्बदलिय सरकार र्निमाण गरेर भएपनि समाधान खोजिन पर्नेमा उनले जोड दिए । 

लमजुङ्कका  जनताले आफलाई राष्ट्रहितका लागि र बिकासका लागि मत दिएको भन्दै उहाँले आफु बाचुन्जेल राष्ट्रहित बिपरीतका  कुनैपनि काम नगर्ने र हुन नदिन सबै तरहले लाग्ने स्पष्ट पारे । आगामी र्निबाचनमा मुख्यतः राष्ट्रिय स्वाधिनताका लागि लड्ने पात्रहरु सदनमा पुगुन भन्ने आफुले चाहेको उनले सो अबसरमा बताए ।

प्रतिक्रिया दिनुहोस