काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले चितवनबाट चुनाव लड्ने आकांक्षा देखाएका छन् । उनले चितवन क्षेत्र नम्बर १ बाट संघीय निर्वाचन लड्ने आकांक्षा देखाएका हुन् ।
सो क्षेत्रबाट उम्मेदवार बन्न इच्छुकसँग नेपाली कांग्रेसले आवेदन माग गरेअनुसार उनीसहितका नेताहरुले निवेदन दिएका हुन् । जसअनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले पनि आवेदन दिएका छन् ।
यस्तै राज्यमन्त्री उमेश श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थराज खनियाँ, नेता राजेन्द्रप्रसाद बुर्लाकोटीलगायतले पनि आवेदन दिएको क्षेत्र नम्बर १ का सचिव दीपक पौडेलले बताए ।
उनका अनुसार अब यो नामावली माथिल्लो तहमा सिफारिस गरेर पठाइनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ भदौ २०७९, २१ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सांसदको काम थिति बसाल्ने हो: स्वर्णिम वाग्ले
जेनजी आन्दोलनका उपलब्धिलाई संस्थागत गरेर अघि बढ्नुपर्छ : स्वर्णिम वाग्ले
साइबर ब्युरोमा उजुरी दिँदै स्वर्णिम वाग्ले
नयाँ स्टक एक्सचेन्ज ‘नीतिगत कब्जा र नाङ्गो भ्रष्टाचारको खेल’ : स्वर्णिम वाग्ले