काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयहरुले कक्षा ११ र अन्य तहका विद्यार्थीहरुलाई चर्को शूल्क लिएको विषयमा सरकारले अनुगमन गर्ने बताएका छन ।
आइतबार नेपाल विद्यार्थी संघको समग्र शैक्षिक विकासका लागि तात्कालिक तथा संरचनागत समस्या सम्बोधन गर्न माग सहितको ज्ञापन–पत्र बुझेप्रश्चात मन्त्री पौडेलले यस्तो बताए ।
मन्त्री पौडेललाई विद्यार्थी संघले २९ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ । मन्त्री पौडेलले संघको ज्ञापन पत्रमा माग गरिएको पछिल्लो समयमा विद्यालयहरुले विद्यार्थी भर्नामा चर्को शूल्क लिएको विषयमा अनुगमन गर्ने तयारीमा रहेको बताए ।
उनले संघले उच्च शिक्षामा पनि बेथिति रहेको सुझाव दिएको भन्दै उच्च शिक्षामा रहेका समस्या समाधान गर्न पनि मन्त्रालय गम्भीर रहेको बताए ।त्यस्तै, नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले भर्खरै कोरोना महामारीको मारमा परेका अभिभावकलाई विद्यालयहरुले भर्ना शुल्कको नाममा लुट्ने काम गरेको दाबी गरे ।
संघले शिक्षा मन्त्रीलाई एक महिनाभित्र चर्को शूल्क लिने विद्यालयहरुलाई कारबाही गरी कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुको लागि ५० प्रतिशत छुटको व्यवस्था गर्न माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ भदौ २०७९, १७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेविसंघद्वारा सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा धर्ना, महाधिवेशन र संगठन सुदृढीकरणको माग
नेविसंघले भन्यो : ‘सुकुम्वासी व्यवस्थापनमा दीर्घकालीन समाधान आवश्यक’
अस्तित्वमै नभएको विषयमा नीतिगत निर्णय अज्ञानताको पराकाष्ठा : नेविसंघ
बालेनले विद्यार्थी संगठन खारेज गर्न खोजे आगोको गोलामा हात हाले सरह हुनेछ: नेविसंघ
सञ्जीव खड्काले पाए नेविसंघ कार्यवाहक अध्यक्षको जिम्मेवारी
बालेन र सुदनमाथि कारवाही नगरे संघर्षमा उत्रिने नेविसंघको चेतावनी