राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता बिधेयकमाथि अब संसदीय समितिमा छलफल हुने

सफल खबर संवाददाता

आइतबार, १२ भदौ २०७९, १४ : २५
राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता बिधेयकमाथि अब संसदीय समितिमा छलफल हुने

काठमाडौं  ।राष्ट्रिय सभाको बैठकले नेपाल नागरिकता ऐन पहिलो संसोधन बिधेयक संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ । आइतबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाणँले राष्ट्रपति बिद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता सम्बन्धी बिधेयक संसदीय समितिमा छलफलका लागि पठाउने प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको हो । बिधेयक पुनर्विचारका लागि बिधायन व्यवस्थापन समितिमा पठाइयोस भन्ने प्रस्ताव मन्त्री खाणँको प्रस्ताव स्वीकृत भएको हो ।

संघीय संसदको दुबै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष बिधेयक पठाइएकोमा गत साउन २९ गते प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले सो बिधेयक फिर्ता पठाएकी थिइन् । गत भदौं २ गते बसेको प्रतिनिधि सभाको बैठकले फेरी सो बिधेयक हुबहु पारित गरेको थियो । अब यो बिधेयकमाथि राष्ट्रिय सभा अन्तरगत रहेको संसदीय समितिमा छलफलको प्रक्रिया अघि बढ्नेछ । राष्ट्रिय सभाको बैठक भदौ १६ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस