काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निर्वाचनको तयारी तथा रणनीति बनाउन केन्द्रीय तहका बैठकहरू आजबाट सुरु हुने भएको छ ।
आज स्थायी कमिटी बैठक बोलाएको एमालेले भदौ ९ गते पोलिटब्युरो र १० तथा ११ गते केन्द्रीय कमिटी बैठक आव्हान गरिसकेको छ । आज बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकले चुनावको तयारीका बारेमा छलफल गर्नेछ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
सो बैठकले संघीय तथा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीका घोषणापत्र, चुनावी रणनीति तथा अन्य तयारीलगायतका बिषयमा छलफल गर्नेछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ भदौ २०७९, ०९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अध्यक्षमा ओलीको अग्रता कायमै, पोखरेलले कति मत पाए ?
महासचिवमा शंकरले ल्याए २४९ मत, सुरेन्द्रको कति ?