काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेताबिच प्रदेश सरकार हेरफेर लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
छलफलका लागि भक्तपुरस्थित ओली निवासमा मंगलबार साँझ कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदयशमशेर राणा पुगेका थिए ।
दुई दलबीच यसअघि भएको सहमतिअनुसार प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने विषयमा मुख्य रूपमा कुराकानी भएको थियो । छलफलमा कांग्रेस, एमाले र नेकपालाई समेत सहकार्यमा लैजाने विषयमा आन्तरिक संवाद भएको बताइएको छ ।
स्रोतका अनुसार पुरानो समझदारीअनुसार सुदूरपश्चिम र कोशी प्रदेश सरकारलाई निरन्तरता दिने, कर्णाली र लुम्बिनीमा कांग्रेसले सरकारको नेतृत्व गर्ने तथा गण्डकी र बागमतीमा एमालेले नेतृत्व लिने गरी छलफल भएको छ । यसबारेमा थप छलफल गरेर निष्कर्षमा पुग्ने दुई पक्षबीच समझदारी बनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० बैशाख २०८३, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन