भेटेरीनरी डाक्टरहरुको आन्दोलनका कारण चितवनका माछा पोखरीमै मर्न थाले

प्रकाश सिग्देल

सोमबार, ०६ भदौ २०७९, १७ : ३३
भेटेरीनरी डाक्टरहरुको आन्दोलनका कारण चितवनका माछा पोखरीमै मर्न थाले

चितवन । भेटेरीनरी डाक्टरहरुको आन्दोलनका कारण चितवनका माछा पोखरीमै मर्न थालेका छन् । साउनमै बिक्री गर्नु पर्ने माछा ब्यापार नहँुदा भदौ कुरेर बसेका व्यवसायीले भदौमा डाक्टरहरुको आन्दोलनका कारण माछा पोखरीमै मर्न थालेको बताए । चितवनबाट माछा अन्यत्र जिल्लामा पठाउन भेटरीनरी डाक्टरले निरोगिताको प्रमाणपत्र दिनु पर्ने हुन्छ । भेटेरिनरी डाक्टरहरुको आन्दोलनका कारण प्रमाणपत्र नपाउँदा माछा व्यापारमा समस्या भएको र  बढि गर्मीका कारण पोखरीमा पानि तातेर माछा मरेको मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुबेदीले बताए ।

चर्को गर्मीका कारण पोखरीमा पानी तात्ने र अक्सीजनको अभाव हँुदा प्रति पोखरी ५० देखि १०० किलो सम्म माछा मर्ने गरेको उनि बताउँछन् । डाक्टरले प्रमाणमपत्र नदिएपनि केही गाडी जिउदो माछा काठमाडौं पठाउँदा चितवनको आँपटाडी तथा काठमाडौें थानकोटबाट प्रहरीले समातेर माछा व्यवसायीलाई कारबाही गरेको उनले बताए ।

चितवनबाट दैनिक ५ टर्न माछा जिल्ला बाहिर जाने गरेको छ । केहि दिन देखि डाक्टरको आन्दोलनले ति माछा बिक्री हुन नसक्दा किसानले ठुलो क्षती भोगेको मत्स्य व्यवसायी संघका जिल्ला उपाध्यक्ष लुला राज  तामाङंले बताए । भारतबाट धमाधम मरेका माछा ल्याउदा कसैले कारबाही नगर्ने तर नेपालीले नेपाली जिउँदो माछा बिक्रिका लागि लादा प्रहरीले व्यवसायीलाई समातेर थुनेर राखेको भन्दै व्यवसायीले आक्रोष ब्यक्त गरे । भेटेरीनरी डाक्टरले गरेको आन्दोलनमा व्यवसायी मारमा परेको भन्दै उनिहरुले सरकारले तुरुन्तै आफुहरुको समस्या समाधान गर्नु पर्ने बताए । चितवनमा १४ सय किसान छन् भने ८ सय हेक्टर क्षेत्रफलमा माछा पालन हुदै आएको छ । चितवनमा ६ हजार ५ सय मेटिक टन माछा उत्पादन हुने गरेको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र चितवनका प्रमुख शुसिल केसीले डाक्टरको आन्दोलनका कारण समस्या भएको र किसानको समस्या समाधान गर्न आफुले कार्यालयमा आवस्यक छलफल गरेर केही निर्णय गर्ने बताए । 

 

प्रतिक्रिया दिनुहोस