एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनको नजिकको सहयोगी भनी अफवाह फैलाउने एक प्रख्यात रूसी राष्ट्रवादीकी छोरीको मस्को बाहिर एउटा कार–बम विस्फोटमा मारिएकी छिन् ।
२९ वर्षीया दर्या दुगीनाको शनिबार राति यात्रा गरिरहेकी टोयोटा ल्यान्ड क्रुजरमा विस्फोटक पदार्थ विस्फोट हुँदा मृत्यु भएको अनुसन्धानकर्ताहरूले बताएका छन् । दुगिना अलेक्ज्याण्डर दुगिनकी छोरी हुन् ।
अलेक्जेन्डरले लामो समयदेखि रुसी भाषा बोल्ने क्षेत्रलाई नयाँ रुसी साम्राज्यको भागको रूपमा एकीकरण गर्न वकालत गरेका छन् । पुटिनको विश्वदृष्टिकोण र युक्रेनप्रतिको दृष्टिकोणलाई आकार दिन उनी प्रभावशाली मानिन्छन् । तथापि, उनको दृष्टिकोणलाई लिएर रुसमा बहस हुने गरेको छ । दुर्घटनाको समयमा उनी बाबुको कारमा चढेकी थिइन् ।
दुगिनालाई व्यक्तिगत रुपमा चिन्ने आन्द्रेई क्रास्नोभका अनुसार आक्रमणकारीले बाबुलाई निशाना बनाउने क्रममा छोरीको ज्यान गएको हुन सक्छ । आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन् । रुसी अखबार रोसीकाया गजेटका अनुसार बाबुछोरी मस्को बाहिर सांस्कृतिक उत्सवमा भाग लिएर फर्किँदै थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०६ भदौ २०७९, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेब्रुअरी १ सम्म किभमा आक्रमण नगर्न पुटिन सहमत
रुसी जेलमा थुनिएका फ्रान्सेली अनुसन्धानकर्ताको मुद्दाबारे ‘अध्ययन गर्ने’ पुटिनको घोषणा
युक्रेनको सन्दर्भमा हाम्रा लक्ष्य पूरा भएरै छाड्नेछन् : पुटिन
शान्ति वार्ता असफल भए थप भूमि कब्जा गर्नेे जेलेन्स्कीलाई पुटिनको चेतावनी
पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने
रुसको आर्थिक वृद्धिको गति सुस्त हुँदै गयो : पुटिन