काठमाडौँ । पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेका आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको हो । सोमध्ये २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ ।
सर्वसाधारणले बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ भदौ २०७९, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सोपान फर्मास्युटिकल्सको आईपीओमा आजदेखि आवेदन
शिखर पावरको आईपीओ बाँडफाँट
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ बाँडफाँट
सालपा विकास बैंकको आईपीओ आजदेखि बिक्री खुला
आजदेखि नयाँ आईपीओ खुला