महिलाले टपलेस भएर नुहाउने विषयमा जनमत संग्रह

मंगलबार, २९ जेठ २०७५, ०९ : ४४
महिलाले टपलेस भएर नुहाउने विषयमा जनमत संग्रह

बार्सिलोनामा स्विमिङ पुलमा महिलाले टपलेस भएर नुहाउने विषयमा यति विवाद बढ्यो कि यसमा भोट गर्नुपर्यो । र भोटको यो लडाईंमा टपलेस नुहाउने पक्षमा उभिएका महिलाको जीतसमेत भयो । भोट हाल्ने व्यवस्था क्याटेलोनियास्थित बार्सिलोना नजिकै एक गाउँमा मिलाइएको थियो । लामेतिया–डिल–भ्यालियास गाउँमा भएको यो मतदानमा ‘टपलेस नुहाउने’ पक्षमा ६१ प्रतिशत र विरोधमा ३९ प्रतिशत मानिसहरुले भोट गरे ।

महिलाद्वारा भोटिङको दबाब
स्थानिय केटेलन प्रशासनले उक्त मतदानको आयोजना गरेको थियो । यसको नतिजा कानूनी रुपमा १६द वर्षमाथिका महिलामा लागू हुनेछ ।

घटना गत वर्ष गर्मी महिनाको हो । दुई महिलाले एक पूलमा टपलेस भएर नुहाइरेहेका बेला त्यहाँका एक लाइफगार्डले पुलिसलाई यसबारे जानकारी दिए । त्यसपछि पुलिस त्यहाँ पुगेर ती दुई महिलालाई आफ्नो बिकिनी टप लगाउन आदेश दिएका थिए ।

उक्त घटनापछि पुलिस र प्रशासनविरुद्ध स्थानीयले विरोध प्रदर्शन गरे । गाउँका पुरुष र महिलाको एक समूह यसको विरोधमा बिकिनी टप लगाएर पूलमा पुगे । त्यतिबेला देखि नै मानिसहरु यस्तो जनमत संग्रहका लागि दबाब दिइरहेका थिए । -बीबीसी

प्रतिक्रिया दिनुहोस