काठमाडौं । बाँकेको जानकी गाउँपालिकामा तलाउमा डुबेर एक बालकको मृत्यु भएको छ। जानकी गाउँपालिका वडा नम्बर ५ छब्बनपुर्वा निवासी ७ वर्षीय बालक सञ्जु करबलको शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) रामप्रसाद घर्तीमगरले जानकारी दिए।
जानकी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष टिकानाथ यादवले अम्बे स्टिलले उद्योगले पर्खाल निर्माणका लागि खनेको करिब १० फिट गहिरो खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको बताए।
‘अम्बे स्टिलको उद्योगले खनेको करिव १० फिट गहिरो खाल्डोमा पानी जमेको थियो, आज बिहान शौच गर्न गएका बेलामा बालकको मृत्यु भयो,’ उनले भने। वडाअध्यक्ष यादवका अनुसार बिहान करिव ५ बजेतिर बालक शौच गर्न निस्केका थिए। घटनाका दोषीलाई कारबाही, पीडित परिवारलाई क्षतिपुर्ति दिनुपर्ने माग सहित अहिले स्थानीय बासिन्दा बिरोधमा उत्रिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ भदौ २०७९, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु