काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका नेताहरुलाई पक्राउ पूर्जी जारी गरिएको प्रति गुल्मीका कार्यकर्ताले विरोध जनाएका छन् ।
गत साउन १६ गते जिल्ला अदालत ललितपुरले विप्लवसहित २८ जना शीर्ष नेताहरु माथि ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो । त्यसविरुद्ध जिल्ला प्रशासन कार्यालय गुल्मीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै पार्टीका गुल्मीस्थित कार्यकर्ताहरूले पक्राउ पुर्जी फिर्ताको माग गरेका हुन् ।
यसअघि २०७७ साल फागुन २१ गते सो पार्टीमाथि लगाइएको प्रतिबन्ध सरकारले फिर्ता गरेको थियो । तर फेरि पक्राउ पुर्जी जारी गरिएकोप्रति गुल्मीका कार्यकर्ताले विरोध जनाएका हुन् ।
पार्टीका गुल्मी जिल्ला सेक्रेटरी सुमन नेतृत्वका कार्यकर्ताले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्यालले आफूले सम्बन्धित निकायमा सन्देश पुर्याउने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ भदौ २०७९, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर