काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ । बुधबारबाट ललितपुरको बालकुमारीमा बस्ने बैठक विहीबारसम्म चल्नेछ ।
‘पार्टीको सांगठनिक गतिविधि र चुनावी रणनीतिसम्बन्धमा बैठकमा विस्तृत छलफल गरेर निर्णय लिने बैठकको कार्यसूचि रहेको छ,’ राजनीतिक समितिका सदस्य मनिकर कार्कीले भने । बैठकले चुनाव केन्द्रित भएर संगठन विभाग, प्रचार विभाग लगायतका केही महत्वपूर्ण विभागहरू गठन गर्नेछ ।
१५१ सदस्यीय राजनीतिक समिति जसपाको ४९९ सदस्यीय केन्द्रीय समितिभन्दा माथि र केन्द्रीय कार्यकारिणी समितिभन्दा तल रहने संरचना हो । जसपाको विधानमा ४९९ सदस्यीय केन्द्रीय समितिको व्यवस्था भए पनि हाल ४६६ जनाको केन्द्रीय समिति रहेको छ ।
बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष अशोक राई र केन्द्रीय कार्यकारिणी सदस्यहरू पनि उपस्थित रहने कार्कीले जानकारी दिए । जसपा केन्द्रीय कार्यालयका अनुसार यस्ता छन् बैठकका ४ एजेन्डाहरु :
१. आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको तयारी सम्बन्धमा ।
२. गठबन्धन दलभित्र सीट संख्या विभाजन र उम्मेदवारहरूको मापदण्ड निर्धारण ।
३. विभाग तथा भ्रातृ संगठनहरूको पुनर्गठनबारे ।
४. संगठनात्मक कार्य सम्बन्धी प्रस्तावहरू ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ भदौ २०७९, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै