काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ । बुधबारबाट ललितपुरको बालकुमारीमा बस्ने बैठक विहीबारसम्म चल्नेछ ।
‘पार्टीको सांगठनिक गतिविधि र चुनावी रणनीतिसम्बन्धमा बैठकमा विस्तृत छलफल गरेर निर्णय लिने बैठकको कार्यसूचि रहेको छ,’ राजनीतिक समितिका सदस्य मनिकर कार्कीले भने । बैठकले चुनाव केन्द्रित भएर संगठन विभाग, प्रचार विभाग लगायतका केही महत्वपूर्ण विभागहरू गठन गर्नेछ ।
१५१ सदस्यीय राजनीतिक समिति जसपाको ४९९ सदस्यीय केन्द्रीय समितिभन्दा माथि र केन्द्रीय कार्यकारिणी समितिभन्दा तल रहने संरचना हो । जसपाको विधानमा ४९९ सदस्यीय केन्द्रीय समितिको व्यवस्था भए पनि हाल ४६६ जनाको केन्द्रीय समिति रहेको छ ।
बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष अशोक राई र केन्द्रीय कार्यकारिणी सदस्यहरू पनि उपस्थित रहने कार्कीले जानकारी दिए । जसपा केन्द्रीय कार्यालयका अनुसार यस्ता छन् बैठकका ४ एजेन्डाहरु :
१. आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको तयारी सम्बन्धमा ।
२. गठबन्धन दलभित्र सीट संख्या विभाजन र उम्मेदवारहरूको मापदण्ड निर्धारण ।
३. विभाग तथा भ्रातृ संगठनहरूको पुनर्गठनबारे ।
४. संगठनात्मक कार्य सम्बन्धी प्रस्तावहरू ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ भदौ २०७९, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको संकेत
जसपा सङ्घीय परिषद्को बैठक सुरु
आजबाट जसपाको संघीय परिषद् बैठक
जसपा नेतृ सिंहले फायर गरेको पेस्तोल सर्लाहीबाट बरामद
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न सकिँदैन: जसपा