एजेन्सी । इरानले सलमान रुस्दीका आक्रमणकारीसँग कुनै सम्बन्ध नभएको जनाएको छ । बरु, उसले रुस्दीलाई दोषारोपण गरेको छ । ७५ वर्षीय रुस्दी शुक्रबार न्युयोर्क राज्यमा आयोजित एक कार्यक्रममा छुरा प्रहारमा परेका थिए । उनको उपन्यास दी सटानिक भर्सेसलाई लिएर उनीमाथि मृत्युदण्डको सजाय आएको थियो ।
यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले इरानी सञ्चार माध्यमहरूले आक्रमणमा खुसी प्रकट गरेको जनाउँदै त्यसलाई निन्दनीय बताएका थिए । इरानको विदेश मन्त्रालयका प्रवक्ता नसिर कनानीले तेहरानले ‘स्पष्ट रूपमा’ आक्रमणसँग कुनै पनि सम्बन्धलाई अस्वीकार गर्दै इस्लामिक गणतन्त्र इरानलाई आरोप लगाउने अधिकार कसैसँग नभएको बताए । अभिव्यक्ति स्वतन्त्रताको नाममा धर्मको अपमान गर्नुको औचित्य नभएको उनले बताए ।
‘यस आक्रमणमा हामी सलमान रुस्दी र उनका समर्थकबाहेक अरू कसैलाई दोष र निन्दाको योग्य मान्दैनौ’, प्रवक्ताले तेहरानमा आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा भने ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ३० साउन २०७९, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी
इरानको ड्रोन आक्रमणबाट युएईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि बोल्यो चीन, संयुक्त राष्ट्रसंघमा आपत्ति
इरानी आक्रमणको युएईद्वारा कडा निन्दा, आफ्ना सैन्य बललाई 'उच्च सतर्कता' मा रहन निर्देशन
अवस्था सामान्य नहुँदासम्म इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको आह्वान