सुडानमा भीषण वर्षा

सफल खबर संवाददाता

सोमबार, ३० साउन २०७९, १३ : ०९
सुडानमा भीषण वर्षा

 काठमाडौं ।  सुडानमा भीषण वर्षा भएको छ। वर्षाको कारण आइतबार रातिसम्म कम्तीमा पनि ५२ जनाको ज्यान गएको बताइएको छ।यहाँको उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको छ। सो राज्यमा मात्र १९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। 

यहाँको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार उत्तरी र मध्य सुडानमा व्यापक वर्षा छ। यहाँको दुई सय १९ हेक्टर क्षेत्रफल कृषियोग्य जमिनमा क्षति पुगेको छ। यस क्षेत्रका पाँच हजार भन्दा बढी घरमा क्षति पुगेको छ।

सरकारले यहाँका प्रहरी, सेना तथा अन्य उद्धारकर्मीहरु परिचालन गरेको छ। दुई दिनदेखि वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन भनिएको छ। यहाँ गएको जुन महिनादेखि नै वर्षा भइरहेको र मानवीय क्षति पुगेको छ।

प्रतिक्रिया दिनुहोस