सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–५ रंजितपुरमा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्थानीय ३६ वर्षीय लल्लु माझी मुसर रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका मुसरको उपचारका क्रममा मलंगवा स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । बालुवा लोड भएको ना ५ त ९९७१ नम्बरको ट्रयाक्टर हिजो साँझ ६ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।
दुर्घटना पश्चात फरार रहेका ट्रयाक्टर चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ साउन २०७९, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते