काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ।
शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले उम्मेदवारको छनोटका लागि आवश्यक मापदण्ड तथा विधि र प्रक्रियाबारेमा प्रस्ताव तयार गर्न महासचिव वेदुराम भुसाललाई जिम्मेवारी प्रदान गरेको छ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी कार्यालय सचिव तथा उपमहासचिव गङ्गालाल तुलाधरलाई दिएको छ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत सचिवालय सदस्यको सहभागिता रहेको सो बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको घोषणापत्र तयार गर्ने जिम्मेवारी उपमहासचिवत्रय गङ्गालाल तुलाधार, विजय पौडेल र प्रकाश ज्वालालाई दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ साउन २०७९, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय