काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा थप ५ अंकको गिरावट आएको छ । अघिल्लो दिन ४३ अंकले घटेको बजारमा बुधबार थप ५.११ अंकले घट्दै नेप्से सूचक २० हजार ५७.६८ अंकमा झरेको हो । यसदिन नेप्से सूचकमा गिरावट आएसँगै कारोबार रकममा समेत घट्न पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज ५ अंकले घटेको बजारमा १ अर्ब ९३ करोड ५५ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । १३ वटा उपसूचक मध्ये म्यानु एण्ड प्रो र इन्भेष्टमेन्ट समूहको उपसूचक बाहेक अन्य सबै उपसूचकहरु ऋणात्मक भएका छन् ।
सबैभन्दा बढी आज ट्रेडिङ समूहको उपसूचक १.४९ प्रतिशतले घटेको छ भने सबैभन्दा कम जीवन बीमा समूहको ०.१ प्रतिशतले मात्र घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ साउन २०७९, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६.७४ अंकले बढ्यो नेप्से
सेयर बजार १.६६ अंकले घट्यो
सेयर बजार २६०६ अंकमा झर्यो
घट्यो सेयर बजार, ४ अर्ब ६६ करोडको कारोबार
सेयर बजारका सबै सूचक घटे
४.९८ अंकले घट्यो सेयर बजार