आठ पटकका विश्व विजेता लियान्द्रोको गोली हानी हत्या

एजेन्सी

मंगलबार, २४ साउन २०७९, १५ : ५१
आठ पटकका विश्व विजेता लियान्द्रोको गोली हानी हत्या

काठमाडौं  । आठ पटकका जिउजित्सु विश्व विजेता लियान्द्रो लोको गोली हानी हत्या गरिएको छ । ब्राजिलियन खेलाडी लियान्द्रोमाथि साओ पाउलोको एक क्बलमा गोली प्रहार भएको उनका वकिललाई उदृत गर्दै अल जाजिराले समाचार प्रकाशन गरेको छ ।  

वकिल इभा सिक्विरी जुनियरले बताएअनुसार लियान्द्रो बसिरहेको टेबल नजिकै आएर आक्रमणकारीले उनलाई तर्साएपछि लियान्द्रोले दुवै जनालाई भुइँमा लडाएका थिए । त्यसपछि, लियान्द्रोले उनीहरूलाई भुइँबाट उठ्न मद्दत गरिरहेको समयमा एक जनाले बन्दुक निकाल्दै उनको टाउकोमा गोली प्रहार गरेको समाचारमा जनाइएको छ ।    

लियान्द्रोलाई अस्पताल लगिए पनि उनलाई मृत घोषित गरिएको थियो । ३३ वर्षीय लियान्द्रोमाथि गोली प्रहार गरेको आरोपमा एक ड्युटीमा नरहेका प्रहरीलाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस