रुसलाई नष्ट गर्ने पश्चिमको लक्ष्य : मेदभेदेभ

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १४ : ०१
रुसलाई नष्ट गर्ने पश्चिमको लक्ष्य : मेदभेदेभ

काठमाडौं  । रुसलाई नष्ट गर्ने उद्देश्यले पश्चिमले आक्रामक भूराजनीतिक प्रक्रिया शुरू गरेको रुसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेभले दाबी गरेका छन् । रुसी समाचार संस्था ताससँगको अन्तर्वार्तामा मेदभेदेभले रुस र जर्जियाबीच सन् २००८ मा भएको द्वन्द्व तथा युक्रेनमा अहिले चलिरहेको द्वन्द्व उही शृंखलाका कडी भएको बताए । त्यसलाई पश्चिमले नै परिचालन गरेको उनको भनाइ छ । 

अमेरिकाले जर्जियाको सेनालाई कुत्सित उद्देश्यका साथ तालिम, लगानी र हातहतियार सहयोग गरेको मेदभेदेभले दाबी गरे । तत्कालीन जर्जियाली राष्ट्रपति मिखाइल साकाश्भिलीलाई रुसमाथि आक्रमण गर्न वाशिङटनले उत्प्रेरित गरेको उनको भनाइ छ । 

अमेरिकाको त्यही उत्तेजनात्मक र आपराधिक नीति अहिले युक्रेनमा आक्रामक रूपमा कार्यान्वयन भइरहेको मेदभेदेभ बताउँछन् । स्वतन्त्रता गुमाइसकेको युरोपेली संघले यसपालि अमेरिकालाई बढी सक्रिय सहयोग गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस